शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशसभा स्थगनबारे एमालेको प्रतिक्रिया- सबै घटनाको जिम्मेवार सभामुख

गण्डकी प्रदेशसभा स्थगनबारे एमालेको प्रतिक्रिया- सबै घटनाको जिम्मेवार सभामुख

अनिश्चितकालका लागि सभाको बैठक स्थगित गरिनु चलनचल्तीको अभ्यास विपरीत भएको आरोप एमालेको छ। 
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

पोखरा- गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावबारे टुंगो लगाउन मतदान तयारी गरिएको प्रदेश सभा बैठक स्थगित गर्न सभामुख नेत्रप्रसाद अधिकारी नै जिम्मेवार भएको आरोप नेकपा एमालेले लगाएको छ। अनिश्चितकालका लागि सभाको बैठक स्थगित गरिनु चलनचल्तीको अभ्यास विपरीत भएको र यसको जिम्मेवार सभामुख भएको आरोप एमालेको छ। 

सदन स्थगनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सांसद कृष्ण थापाले प्रदेश सभा बैठक स्थगितलगायतका घटनाको जिम्मेवार सभामुख नै भएको आरोप लगाएका हुन्। 

‘यो संसदीय मर्यादा विपरीत छ,’ उनले भने। उनले कुनै दलको पक्षपोषण गरेर आफूखुशी संसद् स्थगित हुनु परम्परा विपरीत रहेको आरोप समेत लगाए। 

अविश्वास प्रस्तावमा मतदान गर्ने दिन राष्ट्रिय जनमोर्चाका सांसद ‘गायब’ भएपछि सो पार्टीको माग बमोजिम संसद अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको छ।

प्रकाशित: Apr 28, 2021| 11:46 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।