शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपचारका नाममा सांसदलाई बन्दी बनाएको कांग्रेसको आरोप

उपचारका नाममा सांसदलाई बन्दी बनाएको कांग्रेसको आरोप

सत्तापक्षले उनको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको भन्दै आइसोलेसनमा राखिएको बताएपछि कांग्रेसले यस्तो आरोप लगाएको हो। तर उनले ट्विटरमा समावेश गरेको पिसिआर रिपोर्टमा भने शाहीको रिपोर्ट नेगेटिभ भएको उल्लेख छ।  
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले उपचारका नाममा सांसदलाई बन्दी बनाएको आरोप लगाएका छन्। बुधबार ट्विट गर्दै प्रवक्ता शर्माले राष्ट्रिय जनमोर्चाका सांसदलाई खिमविक्रम शाहीलाई सत्ता पक्षले बन्दी बनाएको आरोप लगाएका हुन्। मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको समर्थनमा मतदान गर्ने आंशकामा उनलाई बन्दी बनाइएको उनको आरोप छ। 

सत्तापक्षले उनको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको भन्दै आइसोलेसनमा राखिएको बताएपछि कांग्रेसले यस्तो आरोप लगाएको हो। तर उनले ट्विटरमा समावेश गरेको शाहीको पिसिआर रिपोर्ट भने नेगेटिभ भएको उल्लेख छ।  

Image

सांसद शाहीलाई पोखरा पृथ्वीचोकको चरक अस्पतालको आइसियूमा कसैलाई पनि भेट्न नदिएर किन राखिएको भन्दै प्रवक्ता शर्माले प्रश्न गरेका छन्। 

‘स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आइसियूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ? उपचारका नाममा बन्दी? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी?,’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै प्रवक्ता शर्माको प्रश्नात्मक ट्विट छ। 

 

 

प्रकाशित: Apr 28, 2021| 11:37 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।