शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संक्रमण दर वृद्धिमा नेपाल विश्वमै पहिलो, सातामै २२८ प्रतिशत वृद्धि

संक्रमण दर वृद्धिमा नेपाल विश्वमै पहिलो, सातामै २२८ प्रतिशत वृद्धि

कोरोना भाइरस संक्रमणको दर फैलने पहिलो नम्बरमा नेपाल रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं– कोरोना भाइरस संक्रमणको दर फैलने पहिलो नम्बरमा नेपाल रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा संक्रामक रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले विश्वका सबै देशभन्दा नेपालमा छिटो गतिमा संक्रमण फैलिरहेको जानकारी दिइन्। 

उनका अनुसार पछिल्लो एक हप्तामा संक्रमण दर २२८ प्रतिशतले बढेको छ। नेपाल भारतभन्दा एक महिना पछाडि थियो। तर नेपालले पनि भारतको जस्तै मोड लिनेवाला छ। 

‘संक्रमितको संख्यामात्रै होइन, टेस्ट पोजेटिभको दर पनि बढेको छ,’ उनले भनिन्, ‘नेपाल र भारतको तुलना गर्दा भारतको भन्दा धेरै पोजेटिभ रेट बढेको छ। नेपालमा अब भारतमा भन्दा धेरै संक्रमणको दर बढेको छ र मृत्युको संख्या पनि बढेको छ। एक वर्षमा जति संक्रमित देख्यौं, यही दरमा बढ्दै गएमा एक वर्षमा देखेको संक्रमितको संख्या अबको तीन महिनाभित्रमा नै देख्नेछौं।’

यही गतिमा संक्रमणको दर बढ्दै गएमा दैनिक १५० जना गुमाउने अवस्थामा नेपाल पुगेको उनले बताइन्। ‘हामी गम्भिर परिस्थितिमा आइपुगेका छौं,’ उनले भनिन्। 
 

प्रकाशित: Apr 28, 2021| 11:08 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।