शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुन लाग्दा २ सांसद ‘गायब’

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुन लाग्दा २ सांसद ‘गायब’

 राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही र मनाङ्बाट स्वतन्त्र जितेका सांसद राजीव गुरुङ् (दीपक मनाङे) प्रदेश सभा बैठकमा अनुपस्थित भएका हुन्।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

पोखरा- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ् विरुद्ध पेश भएको अविश्वासको प्रस्तावामा मतदान गर्ने समय आउनै लाग्दा पक्षमा मतदान गर्ने विश्वास गरिएका दुई सांसद मतदानस्थलमा अनुपस्थित भएका छन्।  राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही र मनाङ्बाट स्वतन्त्र जितेका सांसद राजीव गुरुङ् (दीपक मनाङे) प्रदेश सभा बैठकमा अनुपस्थित भएका हुन्।

दुवै सांसद् मोबाइल अफ गरेर सम्पर्कविहीन भएका हुन्। प्रदेश सभामा मुख्यमन्त्री विरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा मतदान गर्न पार्टी केन्द्रले दिएको निर्देशनलाई अवज्ञा गर्दै शाही गायब भएका हुन्। दीपक मनाङेको मतको भने दुवै पक्षले अपेक्षा गरेका थिए। 

जनमोर्चार्की सांसद पियारी थापाले शाहीसँग सदनमा आउने बेलामा मात्रै कुरा भएको त्यसपछि सम्पर्क नभएको जानकारी दिइन्। ‘सदनमा आउने बेलामा उहाँसँग कुरा भएको थियो, त्यसपछि सम्पर्कविहीन  हुनुहुन्छ,’ उनले भनिन् । 

दुई सांसदले मत हालेनन् भने, मुख्यमन्त्री गुरुङको पद जोगिनेछ। सरकार ढाल्न चाहिने ३१ मत नपुग्ने हुनाले उनको सत्तासंकट टर्ने संभावना बढेको हो। अविश्वासको पक्षमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको २७ मत छ। जनता समाजवादी पार्टीको २ र जनमोर्चाको ३ मत छ। तर दुई मत नपुग्दा प्रस्तावको पक्षमा ३० मत मात्रै हुन्छ। 

एमालेको माधव नेपाल पक्षधर सांसदले फ्लोर क्रस गरेमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको पक्षमा मत पुग्ने देखिन्छ।

प्रकाशित: Apr 28, 2021| 10:39 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।