शुक्रबार, भदौ १२, २०८३

२४ घण्टायता पर्सामा ५ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टायता पर्सा मात्रै ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो। 
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

पर्सा- पछिल्लो २४ घण्टायता पर्सा मात्रै ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो। 

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका-२७ की ६० वर्षीय महिला र रौतहट राजवारा निवासी ५० वर्षीया महिला छन्। उनीहरू दुवै जना बुधबार नै अस्पताल भर्ना भएका थिए। 

यसैगरी, वीरगञ्ज महानगरपालिका-७ रामटोल निवासी ४५ वर्षीय पुरुषको पनि बुधबार नै मृत्यु भएको छ। उनको केही बेर अगाडि उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ।

यस्तै गएराति उपचारको क्रममा दुई कोरोना संक्रमितको ज्यान गएको थियो। मृत्यु हुनेमा बाराको सुवर्ण गाउँपालिका-७ की ३० वर्षीया महिला र विसवरिया गाउँपालिका-४ धनगढका ४३ वर्षीय पुरूष रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताएका थिए। दुवैको मृत्यु आरआरडीएस, सीवियर न्यूमोनियाले भएको चिकित्सक डा. दासले बताए। 

यो सहित पर्सामा गएको ७२ घण्टामा वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै पर्सामा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। पर्सामा सोमबार ३ जना, मंगलबार ४ जना र बुधबार अहिलेसम्म ४ जना गरी ७२ घण्टामा ११ जना कोराना संक्रमितले ज्यान गुमाएका छन्। 

प्रकाशित: Apr 28, 2021| 11:03 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।