काठमाडौं- कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा पनि निषेध आदेश लागू हुने भएको छ।
आज (बुधबार) बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी) चितवनको बैठकले वैैशाख १६ गते (भोलि) रातिदेखि १५ दिनसम्म निषेध आदेश लागू गर्ने निर्णय गरेको हो। भोलि राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि यो निर्णय लागू गर्ने बैठकको निष्कर्ष छ।
चितवनमा ५०० भन्दा धेरै सक्रिय संक्रमित भएकाले निशे आदेश गरिएको बैठकको निष्कर्ष छ। निषेध आदेश औषधि खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभाग्य वस्तु खरिदवाहेक अत्यावश्क नपरी बाहिर निस्कन पाइने छैन।
निषेधाज्ञामा उपभोग्यबाहेकका सवारी गुडाउन पाइने छैन। निजी, सार्वजनिक र अनुमतिबिनाका सरकारी गाडी गुडाउन, मेला महोत्सव गर्न पनि पाइने छैन।
यस्तै, निषेध आदेश भए पनि दैनिक उपभोग्य वस्तुको बिक्री तथा ढुवानी, सुरक्षा निकायका गाडी र सुरक्षाकर्मी हिँडडुल, फोहोरमैला संकलनार्थ सवारी सञ्चालन, औषधि खरिद बिक्री ढुवानीलगायतलाई भने रोक लगाइने छैन।