काठमाडाैं- सरकारले विभिन्न १५ मुद्दाका १२० जना विरुद्धको मुद्दा फिर्ता लिएको छ। मन्त्रिपरिषद् बैठकले उनीहरूको मुद्दा फिर्ता लिने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक गर्दै सरकार सरकार प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले महान्यायाधिवक्ता कार्यालयको सुझावका आधारमा १२० जना विरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरिएको जानकारी दिएका हुन्।
जनता समाजवादी पार्टीले आफ्ना नेता तथा कार्यकर्ताविरुद्ध दायर भएका मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो। मुद्दा फिर्ता भएका अधिकांश उक्त पार्टीका नेता तथा कार्यकर्ताहरू भएको बताइएको छ। मुद्दा फिर्ता भए जसपाले सरकारलाई समर्थन गर्न सक्ने बताउँदै आएको थियो।
यस्तो छ नामावली: