काठमाडौं– सरकारले सीमा जोडिएका छिमेकी मुलुकबाहेक अन्य देशका नागरिकलाई स्थल मार्गबाट नेपाल प्रवेशमा रोक रोक लगाएको छ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले नेपाल आउनुपर्ने भारतीय नागरिकले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ र १० दिन होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेस गर्नुपर्नेछ।
स्थलमार्गबाट नेपाल आउन चाहने चिनियाँ नागरिकले पनि सोही नियम पालना गर्नुपर्नेछ। प्रवक्ता गुरुङका अनुसार हवाई मार्गबाट प्रवेश गर्दा पनि ७२ घण्टाभित्र पीसीआर गरेको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने निर्णय सरकारले गरेको छ। भारतबाट आउने नेपाली पनि स्थानीय तहको निगरानीमा अनिवार्य रूपमा होम क्वारेन्टाइनमा बस्नुपर्ने छ।
विमानस्थलमा पनि ट्रान्जिट हुनेबाहेक अन्य विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलक जान प्रस्थान अनुमति नदिने निर्णय सरकारले यसअघि नै गरिसकेको छ।