सुर्खेत– कर्णाली प्रदेश सभाको सातौं अधिवेशनको चौथो बैठक ९ मिनेटमै स्थगित भएको छ। एमालेका अवरोधका कारण बैठक ९ मिनेटमै स्थगित भएको हो।
निषेध ओदश जारी भएको समयमा पनि संसद् सञ्चालन गरेको भन्दै एमालेले केही बेर अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका छन्।एमालेका सांसदहरुले झण्डै ४ मिनेट बैठक अवरुद्ध गरेको थिए।
एमालेले बैठक अगाडि बढाउन नदिने अडानपछि बैठक स्थगित भएको हो। ‘कोरोना महामारीका कारण जनता घर–घरमा थुनिएका छन्, यस्तो अवस्थामा संसद चलाउनुको औच्त्यि हुँदैन’, बैठकको सुरुमै एमालेका प्रमुख सचेत गुलाबजंग शाहले भनेका थिए, ‘आजको बैठक यहीं स्थगित गर्नुपर्छ।’