शुक्रबार, भदौ १२, २०८३

कर्णालीका ३ मन्त्रीले लिए शपथ

भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले शपथ लिएका हुन्। नवनियुक्त मन्त्रीहरुलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ खुवाएका हुन्।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

सुर्खेत- कर्णाली प्रदेशका तीन जना मन्त्रीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। 

भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले शपथ लिएका हुन्। नवनियुक्त मन्त्रीलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ खुवाएका थिए।

वैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका उनीहरूको वैशाख १३ गते सांसद पद गुमिसकेको छ।

नेकपा एमालेको ह्विप विपरीत फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका उनीहरूलाई एमालेले कारबाही गरी सांसदबाट हटाएको हो। फ्लोर क्रस गरेको दुई दिनमै माधव कुमार नेपाल समूहका उनीहरूले मन्त्री पद पाएका हुन्।

फ्लोर क्रसलगत्तै मन्त्री बनेका उनीहरुलाई सांसद पद गुमेपछि पुनः नियुक्त गरिएको हो। सांसद पद गुमिसकेका कारण उनीहरू ६ महिना मात्रै मन्त्री हुन पाउने कानुनी प्रावधान छ।

प्रकाशित: Apr 28, 2021| 08:25 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।