शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशसभामा अविश्वासकाे प्रस्तावमा छलफल, एमाले माओवादीप्रति आक्रामक

गण्डकी प्रदेशसभामा अविश्वासकाे प्रस्तावमा छलफल, एमाले माओवादीप्रति आक्रामक

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गतको तेस्रो बैठकमा सत्तारुढ एमाले माओवादीप्रति आक्रामक रुपमा प्रस्तुत भएको छ।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

पोखरा– गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गतको तेस्रो बैठकमा सत्तारुढ एमाले माओवादीप्रति आक्रामक रुपमा प्रस्तुत भएको छ। बैठकको सुरुमा एमालेका सांसद कृष्ण थापाले अविश्वासको प्रस्ताव ल्यााएर माओवादीले मुखमा रामराम बगलीमा छुरा भन्ने उखान चरितार्थ गरेको आरोप लगाए। 

उनले मौजुदा सरकार ढाल्न खोज्नु गण्डकी प्रदेशका जनताको मतको अपमान भएको बताए। उनले भने,  ‘जुन गठबन्धन गरेर अविश्वास ल्याइयो त्यो गठबन्धन नै अप्राकृतिक छ।’ एमालेकी समानुपातिक सांसद जुनादेवी नेपालीले बोलिरहेकी छिन्। 

बैठकमा नेपाली कांग्रेसका एक, माओवादी केन्द्रका का एक र एमालेका १८ सांसदले बोल्ने तयारी छ। जनमोर्चाका दुई र जनता समाजवादी पार्टीका एकजनाले बोल्न नाम दर्ता गराएका छन्। अन्तिममा मुख्यमन्त्री गुरुङले बैठकमा अविश्वासको प्रस्तावउपर उठेका प्रश्नहरुको जबाफ दिनेछन्। त्यसपछि अविश्वासको प्रस्ताव निर्णयार्थ पेस हुनेछ। 

संसद् सचिवालयले  बैठकमा बोल्ने वक्ताको संख्या घटाएर अविश्वासको प्रस्तावबारे आजै मतदान गर्ने कार्यसूची टाँसेको छ।कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्रीविरुद्ध यही वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए। 

प्रकाशित: Apr 28, 2021| 08:22 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।