शुक्रबार, भदौ १२, २०८३

प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा क्रमिक सुधार

पछिल्लो पटक शरीरमा सोडियमको मात्रामा कमी आएको र पिसाबमा इन्फेक्सन देखिएपछि सीतालाई ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको छ। 
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएको छोरी गंगा दाहालले जानकारी दिएकी छन्। फेसबुकमा स्टाटस लेख्दै गंगाले आफ्नी आमा‍को स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको उल्लेख गरेकी हुन्। 

पछिल्लो पटक शरीरमा सोडियमको मात्रामा कमी आएको र पिसाबमा इन्फेक्सन देखिएपछि सीतालाई मंगलबार साँझ ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। 

'आमालाई २ दिन देखि शरीरमा सोडियमको मात्रामा कमी र पिसाबमा ईन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको छ। अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार छ,' गंगाको स्टाटसमा लेखिएको छ। 

सीता पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन्।

प्रकाशित: Apr 28, 2021| 08:09 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।