शुक्रबार, भदौ १२, २०८३

माधव-झलनाथ समूहका स्थायी कमिटी सदस्य छलफलमा

नेकपा एमालेको माधव–झलनाथ समूहका स्थायी कमिटी नेताहरू छलफलमा जुटेका छन्।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं - नेकपा एमालेको माधव–झलनाथ समूहका स्थायी कमिटी नेताहरू छलफलमा जुटेका छन्। कलंकीको मेघा पार्टी प्यालेसमा स्थायी कमिटी सदस्यहरूबीच अनौपचारिक छलफल भइरहेको छ।

भोलिदेखि काठमाडौं उपत्यकामा निषेध आदेश लागू हुने र देशका विभिन्न भागमा समेत निषेध आदेश लागू हुँदै गरेको सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा छलफल गर्न लागिएको एक नेताले जानकारी दिए।

उनका अनुसार सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएमा कसरी अगाडि बढ्ने र के गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ। फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत रूपमा नै फर्काइदिएपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अदालतको आदेश विपरीत आफूखुसी पार्टी सञ्चालन गरेको भन्दै यो समूहले समानान्तर गतिविधि गर्दै आइरहेको छ। 

नेता माधवकुमार नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल निलम्बनमा परेका छन्। भने पछिल्लो समय उनीहरूसहित २७ सांसदलाई पनि स्पष्टीकरण सोधिएको छ। त्यसको जवाफ उनीहरूले बुझाइसके पनि ओलीले थप कदम भने चालिसकेका छैनन्।

प्रकाशित: Apr 28, 2021| 07:39 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।