शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेशको समयमा आपूर्ति व्यवस्था सहज बनाउन ‘र्‍यापिड रेस्पोन्स टिम’

निषेध आदेशको समयमा आपूर्ति व्यवस्था सहज बनाउन ‘र्‍यापिड रेस्पोन्स टिम’

बिहीबारदेखि निषेध आदेश जारी गर्ने निर्णयसँगै सो समयमा आपूर्ति व्यवस्था सहज बनाउन र्‍यापिड रेस्पोन्स टिम बनाइएको छ। 
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं - बिहीबारदेखि निषेध आदेश जारी गर्ने निर्णयसँगै सो समयमा आपूर्ति व्यवस्था सहज बनाउन र्‍यापिड रेस्पोन्स टिम बनाइएको छ। 

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबारदेखि १५ दिनसम्म निषेध आदेश जारी गर्न सक्ने स्थानीय प्रशासनलाई अधिकार दिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्था सहज बनाउन र्‍यापिड रेस्पोन्स टिम बनाएको हो।

मन्त्रालयले निषेध आदेशका बेला अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति जारी राख्ने उद्देश्यले सरोकारवाला मन्त्रालयका अधिकारीको समेत संलग्नतामा र्‍यापिड रेस्पोन्स टिम बनाएको सूचनामार्फत् जानकारी गराएको छ।

टिमले दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा ढुवानीको लागि सहजीकरण गर्नेछ। आपूर्ति तथा ढुवानीमा समस्या आए मन्त्रालयले तोकेका सम्पर्क व्यक्तिलाई सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।

जसअनुसार आपूर्ति व्यवस्थापनको हकमा मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवगमन सहजताको हकमा जनकराज दाहाललाई सम्पर्क गर्न सकिने मन्त्रालयले जानाएको छ। 

त्यस्तै कृषिजन्य तथा पशुजन्य सामग्रीको आपूर्तिको विषयमा कृषि मन्त्रालयका सहसचिव श्रीराम घिमिरे, उत्पादनशील उद्योगको हकमा नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा नारायणप्रसाद रेग्मीलाई सम्पर्क गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: Apr 28, 2021| 06:57 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।