शुक्रबार, भदौ १२, २०८३

कर्णालीमा सांसदबाट पदमुक्त तीनजना मन्त्री नियुक्त

सांसद पद गुमेका कर्णालीका तीन जना मन्त्री आज पुनः नियुक्त हुने भएका छन्।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

सुर्खेत– सांसद पद गुमेका कर्णालीका तीन जना मन्त्री आज पुनः नियुक्त हुने भएका छन्।

सांसद पद गुमेपछि भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको पुनः नियुक्ति हुने भएको हो। 

एमालेबाट सांसद बनेका उनीहरुको वैशाख १३ गते सांसद पद गएको थियो। सांसद पद गुमेलगत्तै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुको पुनः नियुक्त गर्ने निर्णय गरेका थिए।

तीनै जना मन्त्रीले आज दिउँसो १ बजे शपथ लिने मुख्यमन्त्री तथा मन्त्रीपरिद् कार्यालयले जनाएको छ। ‘उहाँहरु सांसद हुँदा संविधानको एउटा धाराअनुसार मन्त्री हुनुभएको थियो। सांसद नभएपछि संविधानको अर्को धाराअनुसार आज शपथ लिन लाग्नुभएको छ,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवबिक्रम बुढाथोकीले भने।

एमालेका तत्कालीन सांसद प्रकाश ज्वालासहित ४ जनाले वैशाख ३ गते कर्णालीमा मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए। पार्टीको ह्विपविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि एमालेले चारै जनाको सांसद पद खारेज गरिदिएको छ।

प्रकाशित: Apr 28, 2021| 06:48 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।