शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँकेमा १६ डाक्टरसहित १०५ स्वास्थ्यकर्मीमा काेराेना संक्रमण

बाँकेमा १६ डाक्टरसहित १०५ स्वास्थ्यकर्मीमा काेराेना संक्रमण

बाँकेको भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज कोहलपुरका १६ जना डाक्टरसहित १०५ जनालाई कोरोना संक्रमण भएको छ।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

सुर्खेत - बाँकेको भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज कोहलपुरका १६ जना डाक्टरसहित १०५ जनालाई कोरोना संक्रमण भएको छ।

भेरी अस्पतालमा कार्यरत आठजना डाक्टरसहित ७३ जना स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित छन्।

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाका अनुसार आठजना डाक्टर, ३३ जना नर्सिङ कर्मचारी, २२ जना सहायक कर्मचारीहरू (क्लिनर र हेल्पर), आठजना प्यारामेडिक्स (एचए तथा अहेव) र दुईजना प्रशासनमा कार्यरत कर्मचारीहरू छन्।

१४ दिनको अवधिमा डाक्टरसहित अस्पतालका ७३ जना कर्मचारीहरू संक्रमित भएको डाक्टर थापाले जानकारी दिए। जनशक्ति अभावका कारण संक्रमित स्वास्थ्यकर्मीले नै कोरोना संक्रमितलाई उपचार गर्नुपर्ने अवस्था छ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आठजना डाक्टरसहित ४२ जना स्वास्थ्यकर्मीहरू संक्रमित भएका छन्। 

अस्पतालका मेडिकल उपनिर्देशक दिनेश श्रेष्ठका अनुसार संक्रमित आठजना डाक्टरमध्ये दुईजनाको आईसीयूमा उपचार भइरहेको छ।

प्रकाशित: Apr 28, 2021| 06:42 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।