शुक्रबार, भदौ १२, २०८३

भारतमा कोरोनाबाट मर्नेको संख्या दुई लाख नाघ्यो

भारतमा कोरोना महामारीले दिनदिनै भयावह रुप लिइरहेको छ।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं– भारतमा कोरोना महामारीले दिनदिनै भयावह रुप लिइरहेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख ६० हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ३ हजार २९३ जनाको ज्यान गएको छ। 

अहिलेसम्म त्यहाँ १ करोड ७९ लाखलाई कोरोना संक्रमण भइसकेको छ। यीमध्ये २ लाख १ हजार १८ जनाको मृत्यु भएको छ। 

१ अर्ब ४० करोड जनसंख्या रहेको भारत कोरोनाबाट २ लाखभन्दा बढी मानिस मर्ने चारजवटा देशको सूचीमा परेको छ। भारतबाहेक अमेरिका, ब्राजिल र मेक्सिकोमा दुई लाखभन्दा बढी संक्रमितको मृत्यु भएको छ। 

भारतमा कोरोनाबाट पहिलो मृत्यु २१ मार्च २०२० मा कर्नाटकमा भएको थियो। पाँच महिनापछि यो संख्या ५० हजार पुग्यो। गत अक्टोबरसम्ममा मृतकको संख्या १ लाख पुगेको थियो। त्यसको तीन महिनापछि जनवरीमा मृतकको संख्या डेढ लाख पुग्यो। 

मध्य मार्चसम्म मृतकको संख्या खासै नबढेकोमा त्यसपछि पनि तीव्र गतिमा मृत्यु हुन थाल्यो र दैनिक दुई हजारभन्दा बढीको ज्यान जान थाल्यो। मंगलबार यो आँकडा पनि तीन हजार नाघेको छ।

प्रकाशित: Apr 28, 2021| 06:29 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।