काठमाडौं- कोरोना परीक्षण समेत गरेर बुधबार बस्ने गरी बोलाइएको कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ।
महामन्त्री पूर्णबहादुर खड्काले बढ्दो कोरोना संक्रमण महामारीका कारण आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।
समसामयिक राजनीति, पार्टीको १४ औँ महाधिवेशन, क्रियाशील सदस्यता लगायत विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको थियो ।
यसअघि सोमबारका लागि बोलाइएको बैठक कोरोना संक्रमण बढेको भन्दै परीक्षण गरेर मात्रै बस्ने गरी बुधबारका लागि स्थगित भएको थियो। मंगलबार कांग्रेसले सबै नेता र कर्मचारीको कोरोना परीक्षण गराएको थियो।
अन्तिम समयमा कोरोनाकै कारण देखाउदै बैठक स्थगित भएको छ। अर्को बैठक कहिले बस्ने भन्ने पछि जानकारी गराइने महामन्त्री खड्काले जानकारी दिए ।