शुक्रबार, भदौ १२, २०८३

पर्सामा थप दुई कोरोना संक्रमितको मृत्यु

पर्सामा गएराति उपचारको क्रममा थप दुई कोरोना संक्रमितको ज्यान गएको छ। एक महिला र एक पुरूष गरी दुई जनाको ज्यान गएको हो।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

वैशाख - पर्सामा गएराति उपचारको क्रममा थप दुई कोरोना संक्रमितको ज्यान गएको छ। एक महिला र एक पुरूष गरी दुई जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा बाराको सुवर्ण गाउँपालिका-७ की ३० वर्षीया महिला र विसवरिया गाउँपालिका-४ धनगढका ४३ वर्षीय पुरूष रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताए।

बाराको सुवर्ण गाउँपालिकाकी महिला १४ गते अस्पताल भर्ना भएकी थिइन्। विसवरिया गाउँपालिकाका पुरूष १३ गते नारायणी अस्पतालमा भर्ना भएका थिए।

दुवैको मृत्यु आरआरडीएस, सीवियर न्यूमोनियाले भएको चिकित्सक डा. दासले बताए। 

योसहित बारामा ४ जना, सर्लाहीमा २ जना र पर्सामा १२ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Apr 28, 2021| 04:49 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।