शुक्रबार, पुस ११, २०८२

सुनसान सुर्खेत (फोटो फिचर)

सुर्खेतमा आजदेखि निषेध आदेश लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालयले आजदेखि बैशाख २१ गतेसम्म निषेध आदेश लागू गरेको हो। 
 |  बुधबार, वैशाख १५, २०७८

देव राना

देव राना

बुधबार, वैशाख १५, २०७८

सुर्खेत - सुर्खेतमा आजदेखि निषेध आदेश लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालयले आजदेखि बैशाख २१ गतेसम्म निषेध आदेश लागू गरेको हो। 

National life

संक्रमणको दर नियन्त्रण बाहिर जानथालेपछि कोरोना संकट व्यवस्थापन समितिको बैठकले जिल्लाभर एक हप्तासम्म निषेध आदेश लागु गर्ने निर्णय गरेको हो। २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द हुनेछन्। 

निषेध आदेश अवधिभर आवश्यक नपरी घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ। यद्यपी अत्यावश्यक सेवाहरू (दैनिक उपभोग्य बस्तुहरु जस्तै तरकारी, खाद्य, दुध, ग्याँस) का पसल विहान ६ बजेदेखि ९ बजेसम्म संचालन गर्न पाइने भएको छ।

बस्तुका पसलहरू सञ्चालन गर्दा पनि जनस्वास्थ्यका मापदण्डको अनुसार मास्क तथा भौतिक दूरी अनिवार्य पालना गरी गर्नुपर्ने छ। 

स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा जस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य र हवाईसेवा समेत सञ्चालन गर्न पाइने छन्। उल्लेखित कार्यमा खटिने कर्मचार तथा व्यक्तिले भने अनिवार्य रुपमा परिचय र पोशाक लगाउनुपर्ने छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 28, 2021| 04:34 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।