शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेश : तीन सांसद र एक कर्मचारीलाई कोरोना संक्रमण

गण्डकी प्रदेश : तीन सांसद र एक कर्मचारीलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका तीनजना सांसद र एकजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

पोखरा - गण्डकी प्रदेशका तीनजना सांसद र एकजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश प्रयोगशालाका अनुसार एमाले सांसद राजीव पहारी, प्रभा कोईराला र नेपाली कांग्रेसकी सांसद मनकुमारी गुरुङ र कर्मचारी सुश्मा गुरुङलाई कोरोना पोजेटिभ देखिएको हो। 

प्रयोगशालाका अनुसार मंगलबार स्वाब संकलन गरिएका १ सय ५३ मध्ये ४ जनालाई पोजेटिभ देखिएको हो। पोजेटिभ देखिएका राजीव पहारीले मंगलबारको प्रदेशसभा बैठकमा सांसदहरूको पीसीआर परीक्षणको माग गरेकाक थिए। उनको माग बमोजिम प्रदेशसभाको बैठक स्थगित गरेर आज १ बजेका लागि डाकिएको छ। 

गण्डकी प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिमा सहमति भए अनुसार अब तीन जना सांसदले संसदमा बोल्न पाउने छैनन्। तर उनीहरूले मुख्यमन्त्री पृथ्वीसुबा गुरुङ विरुद्ध ल्याइएको अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न भने पाउने छन्।

प्रकाशित: Apr 28, 2021| 04:07 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।