शुक्रबार, भदौ १२, २०८३

विराटनगरमा २ कोरोना संक्रमितको मृत्यु

विराटनगरमा बुधबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

विराटनगर - विराटनगरमा बुधबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

झापा र मोरङ्ग घर भएका संक्रमित दुई पुरुषको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो। नोबेल शिक्षण अस्पतालमा बिहान ४५ र ५५ वर्षीय पुरुषको मृत्यु भएको हो।

मोरङ्गको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको जानकारी अस्पतालका प्रबन्धक नारायण दाहालले दिए। उपचारका क्रममा बिहान ३:४५ बजेतिर मृत्यु भएका पुरुषमा निमोनियाको पुरानै समस्या रहेको उनको भनाइ छ। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो।

झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ। संक्रमण पुष्टि भएपछि उनलाई वैशाख १३ गते सोमबार अस्पताल भर्ना गरिएको थियो। 

संक्रमित पुरुषको उपचारका क्रममा बिहान १ बजेतिर मृत्यु भएको दाहालले बताए। मृतकमा मधुमेहको पुरानै समस्या रहेको उनको भनाइ छ। मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दाहालले दिए।

प्रकाशित: Apr 28, 2021| 03:42 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।