काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ।
कोरोना संक्रमणको जोखिम बढेसँगै सोमबारका लागि बोलाइएको बैठक केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको पीसीआर परीक्षण गर्नुपर्ने भन्दै आजका लागि सरेको थियो।
बैठक दिउँसाे २ बजे पार्टी मुख्यालय सानेपामा बाेलाइएकाे छ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा सत्ता समीकरणका विषयमा समेत छलफल हुने बताइएको छ।
कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका निर्धारण भएको छ। तर, कोरोना जोखिम र सदस्यता वितरणलगायत पार्टीको आन्तरिक विवादका कारण महाधिवेशन फेरि पनि तोकिएकै समयमा हुने/नहुने अन्यौलता छ।