काठमाडौं - पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ८: ११ बजे झापा, इलामलगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो।
भारतको नेसनल सेन्टर फर सिस्मोलोजीले आसामको तेजपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको जनाएको छ।
६.४ रेक्टर स्केलको भूकम्प गएको भए पनि विस्तृत विवरण आउन बाँकी छ।