शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एनएसएलमा आज दुई खेल : पहिलो जितको खोजीमा पोखरा थन्डर्स

एनएसएलमा आज दुई खेल : पहिलो जितको खोजीमा पोखरा थन्डर्स

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।
 |  बुधबार, वैशाख १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १५, २०७८

काठमाडौं - पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चितवन फुटबल क्लबले बुटबल लुम्बिनी एफसीसँग प्रतिस्पर्धा गर्नेछ। 

पहिलो खेलमा ललितपुरसँग बराबरीमा रोकिएको चितवन आजको खेलमा जित निकाल्दै तालिकामा माथि पर्ने प्रयासमा रहने छ। यता पहिलो खेलमै पोखराविरुद्ध सहज जित निकालेको बुटबल लुम्बिनी फुटबल क्लब लगातार जित निकाल्दै अंक तालिकाको शीर्षस्थानमा आउने दाउमा रहने छ। 

उनीहरूबीचको खेल दिउँसो साढे २ बाट सुरु हुनेछ।

आजै साढे ५ बाट सुरु हुने खेलमा विराटनगर सिटी फुटबल क्लबले पोखरा थन्डर्स फुटबल क्लबको सामना गर्नेछ। पहिलो खेलमा ३–० गोलको सानदार जित निकालेको विराटनगर आजको खेलमा पनि सोही लय कायम गर्दै अघि बढ्ने दाउमा हुनेछ।

यता विराटनगरलाई स्तब्ध बनाउँदै पोखरा थन्डर्स पहिलो जित निकाल्न चाहन्छ। उसले पहिलो खेलमा बुटवलसँग २-० गोलको हार बेहोरेको थियो।

दोस्रो चरणका खेल चलिरहँदा विराटनगर, बुटबल लुम्बिनी, काठमाडौं रेजर्स र धनगढीको समान ३-३ अंक छ। यता ललितपुर र चितवनको समान १-१ अंक छ। पोखरा थन्डर्स अंक बटुल्न नसकेको एकमात्र टिम हो।

प्रकाशित: Apr 28, 2021| 02:32 बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।