काठमाडौं – वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर हस्तान्तरण गरिएको छ। ‘सानो पाइला’ संस्थाले नेपाल भेन्टिलेटर सर्भिससँगको सहकार्यमा अस्पताललाई एक महिनाका लागि भेन्टिलेटरको व्यवस्था गरेको हो।
सानो पाइलाकी सचिव डा. सुष्मा तिवारीले मंगलबार नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सञ्जय ठाकुरलाई भेन्टिलेटर हस्तान्तरण गरिन्।
सचिव डा. तिवारीले अवस्था सामान्य नभए भेन्टिलेटरहरूको समयावधि थप गर्न सकिने बताइन्। अस्पतालका कोभिड संयोजक डा. सरोज रोशनदासलले भेन्टिलेटरहरू कोभिड आईसीयू र एसडीयूमा जडान गरिसकिएको जानकारी दिए।
यससँगै अस्पतालमा प्रयोगयोग्य भेन्टिलेटरको संख्या १५ पुगेको छ।