सुर्खेत - कोरोना संक्रमणबाट सुर्खेतमा दुई र दैलेखमा एक जनाको मृत्यु भएको छ। मंगलबार राति भेरिगंगा नगरपालिका–४ का ६४ वर्षे पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षे अर्का पुरुषको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो।
आधा घण्टाको फरकमा उनीहरूको मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्शन डाक्टर केएन पौडेलले जनाए। दुबै जना एक हप्तादेखि आइसूयी उपचाररत थिए।
त्यस्तै कोरोनाकै कारण नारायण नगरपालिका–१ दैलेखका ७५ वर्षे पुरुषको बुधबार विहान मृत्यु भएको हो। क्रमममा कोरोना अस्पतालमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकलपर्शन थिरप्रसाद रेग्मीले जनाए।