शुक्रबार, भदौ १२, २०८३

कोरोनाबाट बाँकेमा एकै दिन आठ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट बाँकेमा मंगलबार आठ जनाको मृत्यु भएको छ।
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

बाँके-  कोरोना भाइरस संक्रमणबाट बाँकेमा मंगलबार आठ जनाको मृत्यु भएको छ। 

यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाका एक गरी आठ जनाको मृत्यु भएको कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। 

उनका अनुसार मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा, ५१ वर्षीय पुरुष र ७२ वर्षीय महिला  छन्। त्यस्तै बाँके खजुरा गाउँपालिकाका दुई तथा कोहलपुर, बैजनाथ र दाङका एकएक जनाको मृत्यु भएको उनले जानकारी दिए। 

योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको संख्या १०६ पुगेको छ। तीमध्ये बाँकेका मात्र ९७ जना  छन्। रासस

प्रकाशित: Apr 27, 2021| 15:58 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।