शुक्रबार, भदौ १२, २०८३

२४ घण्टायता पर्सामा ४ कोरोना संक्रमितको मृत्यु

मृत्यु हुनेमा वीरगंज महानगरपालिका-२५, सिर्सियाकी ६५ वर्षीय महिला, जीतपुर सिमरा उपमहानगरपालिका-६ सिमराकी ४० वर्षीया महिला छन्। उनीहरूको गएराती अस्पतालमा मृत्यु भएको हो। 
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

पर्सा- पर्सामा पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। उनीहरू चारै जनाको उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो। 

मृत्यु हुनेमा वीरगंज महानगरपालिका-२५, सिर्सियाकी ६५ वर्षीय महिला, जीतपुर सिमरा उपमहानगरपालिका-६ सिमराकी ४० वर्षीया महिला छन्। उनीहरूको गएराती अस्पतालमा मृत्यु भएको हो। 

यस्तै, पर्सा परवानीपुर गाउँपालिकाका ४५ वर्षीय पुरुषको मंगलबार दिउँसो र पर्सा पोखरिया नगरपालिका-२ का ७२ वर्षीय पुरुषको मंगलबार साँझ उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए। 

कोभिड संक्रमितको संख्या बढ्दै गएकाले पर्सामा वैशाख १६ गतेदेखि लागू हुने गरी प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले निषेध आदेश जारी गरेका छन्।

प्रकाशित: Apr 27, 2021| 15:03 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।