शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशसभा : कोरोना पोजेटिभ देखिए बोल्न नपाइने, भोट हाल्न पाइने 

गण्डकी प्रदेशसभा : कोरोना पोजेटिभ देखिए बोल्न नपाइने, भोट हाल्न पाइने 

'सबै सांसदको स्वाब संकलन गरेर भोलिसम्ममा रिपोर्ट लिने र कोरोना पोजेटिभ भए रोस्ट्रममा उभिएर बोल्न नपाउने सहमति भएको छ।’
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

पोखरा– सत्तारुढ नेकपा एमालेले अवरुद्ध गरेको गण्डकी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सांसदहरुको सीसीआर परीक्षण नगराई बैठक सञ्चालन गरेको भन्दै एमालेले अवरुद्ध गरेको थियो। 

सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि संसदको बैठक स्थगित गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए।  समिति बैठकमा भोलि १ बजेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको एमाले सांसद राजीव पहारीले नेपाल समयलाई जानकारी दिए। 

माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतक गायत्री गुरुङले पनि संसद् बैठक बुधबारसम्मका लागि स्थगित गर्ने सहमति भएको जानकारी दिइन्। 

‘भोलि नै टुंगिने गरेर संसद् बैठक स्थगित भएको छ’, गुरुङले भनिन्। आज सबै सांसदको स्वाब संकलन गरेर भोलिसम्ममा रिपोर्ट लिने र कोरोना पोजेटिभ भए रोस्ट्रममा उभिएर बोल्न नपाउने सहमति भएको छ।’ उनका अनुसार कोरोना पोजेटिभ आयो भने अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न भने पाइनेछ।

प्रकाशित: Apr 27, 2021| 10:22 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।