शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल समूहले दैलेखमा गठन गर्‍यो समानान्तर कमिटी, बरुनाथ योगी बने अध्यक्ष

नेपाल समूहले दैलेखमा गठन गर्‍यो समानान्तर कमिटी, बरुनाथ योगी बने अध्यक्ष

बरुनाथ योगीको अध्यक्षतामा १८५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको नेपाल समूहले जानकारी दिएको छ।
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

सुर्खेत- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दैलेखमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ। बरुनाथ योगीको अध्यक्षतामा १८५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको नेपाल समूहका नेतासमेत रहेका कर्णालीका भौतिक पूर्वाधारमन्त्री अम्मरबहादुर थापाले जानकारी दिएका हुन्। 

समितिको सचिवमा तिलक रिजाल छन् भने उपसचिवमा मानबहादुर खड्का छन्। बाँकी पदाधिकारीहरु भने पछि थप गर्ने थापाले बताए।

नेपाल समूहले भने समानान्तर कमिटी गरिएको नभएर एमाले जिल्ला कमिटी नै पुनर्गठन गरिएको दाबी गरेको छ। अब जिल्लाभरका सबै पालिका र वडा कमिटीसमेत विस्तार गरिने थापाको भनाइ छ। सोमबार नेपाल समूहले समानान्तर कमिटी गठन गरेको हो। 

प्रकाशित: Apr 27, 2021| 09:21 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।