शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जसपा बैठक निष्कर्षविहीन, कार्यकारिणी परिषद् बैठक बोलाउने विषयमा विवाद

जसपा बैठक निष्कर्षविहीन, कार्यकारिणी परिषद् बैठक बोलाउने विषयमा विवाद

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार भएको छलफलमा कुनै निष्कर्ष निस्कन नसकेको जसपाका एक नेताले जानकारी दिए।
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं– सरकारविरुद्ध अविश्वासको प्रस्ताव लगायत विषयमा छलफल गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार भएको छलफलमा कुनै निष्कर्ष निस्कन नसकेको जसपाका एक नेताले जानकारी दिए। 

ती नेताले  भने, ‘सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा पार्टीमा कुनै निर्णय भएन। कार्यकारिणी सभा बोलाउने विषयमा भने नेताहरुबीच विवाद भएको छ।'

सरकारविरुद्ध अविश्वासको प्रस्तावको तयारीमा रहेका कांग्रेस र माओवादी जसपाको निर्णयलाई पर्खिएका थिए।
जसपाले मंगलबार शीर्ष नेताहरूको बैठक बसेर आवश्यक निर्णय लिइने बताएको थियो।  छलफलमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई  र राजेन्द्र श्रेष्ठ सहभागी थिए।

छलफलमा पार्टीको कार्यकारिणी समितिको बैठक बोलाउने विषयमा विवाद देखिएको ती नेताले जानकारी दिए।
‘उपेन्द्ररबाबुरामजीहरूले कार्यकारिणी बैठक बोलाउनुपर्ने प्रस्ताव राख्नुभएको थियो,’ जसपाका ती नेताले भने, ‘तर, अध्यक्ष महन्थ ठाकुरले अहिले बैठक बोलाउन उचित नहुने जवाफ दिनुभयो।’

जसपाभित्र केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा दुई धार देखिएको छ। ठाकुर र महतो ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने भट्टराई र यादव ओलीविरूद्ध अविश्वास प्रस्ताव अगाडि बढाउने पक्षमा छन्।

जसपाले निर्णय गर्न नसक्दा नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सकेका छैन्। माओवादी केन्द्रले अहिलेसम्म पनि सरकारलाई दिएको समर्थन फिर्ता लिन सकेको छैन।

 

प्रकाशित: Apr 27, 2021| 08:54 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।