बुटवल– कोरोनाको दोस्रो लहरले महामारीका रूप लिन थालेपछि रुपन्देहीमा १६ गतेदेखि निषेध आदेश लगाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेध आदेश जारी गर्ने निर्णय गरेको हो।
१६ गतेदेखि वैशाख २९ गतेसम्म निषेध आदेश लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालका सूचना अधिकारी जनक थापाले बताए। उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध छलफल गरेर निषेध आदेश जारी गर्न लागिएको हो।
लगाउने सिफारिश गर्ने निर्णय गरेको जिल्ला यसको औपचारिक निर्णय भने बुधबार सार्वजनिक गरिने थापाले बताए।
निषेध आदेश जारी गरिएका बेला औषधि उपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन बन्देज लगाइनेछ।
शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टि फोहरमैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनलाई चल्न दिइने प्रशासनले जनाएको छ।