काठमाडौं– कोरोना भाइरसको संक्रमण भएपछि उmर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन्।
मन्त्री रायमाझीलाई सोमबार टेकु अस्पतालमा परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। रायमाझीको काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको उनको सचिवालयले जनाएको छ।
रायमाझीको परिवारका सदस्यसहित सचिवालयका केही सदस्यलाई पनि संक्रमण भएको छ।