शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दिल्लीस्थित नेपाली दूतावासले भन्यो, स्वास्थ्य अवस्था गम्भीर भएमा सम्पर्क गर्नुहोला 

दिल्लीस्थित नेपाली दूतावासले भन्यो, स्वास्थ्य अवस्था गम्भीर भएमा सम्पर्क गर्नुहोला 

दूतावासले स्वास्थ्य अवस्था गम्भीर भएमा सहयोग एवं सहजीकरणका लागि दूतावासको मोबाइल टेलिफोन नं ९१९२०५१९५००९ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं– नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका सबै नेपालीलाई कोरोना महामारीको संक्रमणबाट सुरक्षित रहन सावधानी अपनाउन अनुरोध गरेको छ। 

दूतावासले मंगलबार सूचना जारी गर्दै भारत सरकारद्वारा जारी गरिएका सबै स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको हो।दूतावासले स्वास्थ्य अवस्था गम्भीर भएमा सहयोग एवं सहजीकरणका लागि दूतावासको मोबाइल नं ९१९२०५१९५००९ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

सूचनामा भनिएको छ, ‘ संक्रमणबाट बच्न मास्कको उचित प्रयोग गर्न, अत्यावश्यक एवं जरुरी काममा वाहेक घरबाट बाहिर ननिस्कन, भीडभाडबाट टाढा रहन एवं भेटघाटमा सामाजिक दुरी अपनाउन राजदूतावास सबैमा अनुरोध गर्दछ।'

यस्तै कार्यालय समयमा दूतावासबाट कुनै सेवा लिनुपर्ने भएमा अथवा अन्य कुनै विषयमा सूचना तथा जानकारी, सल्लाह, सुझाव, समन्वय तथा सहयोगका लागि दूतावासको टेलिफोन नम्बर ९११२३४७६२०० मा सम्पर्क गर्न अनुरोध गरेको छ।

यसैगरी दूतावासले कार्यालय समय अघिपछि आपतकालीन अवस्थामा वा स्वास्थ्य उपचारको सिलसिलामा कुनै कागजात तत्काल आवश्यक परेमा दूतावासको मोबाइल टेलिफोन नं ९१८९२९६०१९२५  (वाह्ट्स एप सेवासमेत) मा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रकाशित: Apr 27, 2021| 07:52 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।