शुक्रबार, भदौ १२, २०८३

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो देश जान नपाइने

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा हुने यात्रामा रोक लगाइएको छ। 
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

काठमाडौं - नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा हुने यात्रामा रोक लगाइएको छ। 

कोभिड-१९ नयाँ भेरियन्टको बढ्दो जोखिमलाई मध्यनजर गर्दै अध्यागमन विभागले बुधबार राति १२ बजेदेखि लागू हुने गरी ट्रान्जिट यात्रामा राेक लगाएकाे हाे। 

यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जाने उद्देश्यले नेपाल आउन र विमानस्थललाई ट्रान्जिटको रूपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न पाइने छैन। 

साथै विदेशबाट नेपाललाई अन्तिम गन्तव्यस्थल बनाई आगमन गर्न र नेपालबाट विदेश जान भने साविक बमोजिम नै नियमित रहने विभागको भनाइ छ। 

प्रकाशित: Apr 27, 2021| 07:32 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।