काठमाडौं - जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको बैठक बसिरहेको छ। पार्टी कार्यालय बालकुमारीमा जसपाका शीर्ष ६ नेताहरूको बैठक बसिरहेको हो।
बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन्।
बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ।
जसपाभित्र ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिएका छन्। भट्टराई र यादव भने ओलीलाई सरकारबाट हटाउनुपर्ने पक्षमा देखिन्छन्।
नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएकाे जसपा आफैं लामोसमयदेखि अनिर्णित छ।