पर्सा - पर्सामा गएराति उपचारको क्रममा काेराेना संक्रमित दुईजना महिलाकाे मृत्यु भएको छ।
मृत्युु हुनेमा वीरगञ्ज महानगरपालिका-२५, सिर्सियकी ६५ वर्षीया र जितपुर सिमरा उपमहानगरपालिका-६, सिमराकी ४० वर्षीया महिला रहेको नारायणी अस्पतालका काेभिड संयोजक डा. सराेज राेशन दासले बताए।
सिमराकी महिला ९ गते भर्ना भएकी थिइन् भने साेमबार भर्ना भएकी सिर्सियाकी महिलाको उपचारको क्रममा मृत्यु भएको हाे। दुवै महिलाको मृत्यु आरआरडीएस, सीभियर निमोनियाले भएको चिकित्सक डा. दासले बताए।
याेसँगै पर्सामा १२ जना र बाराका तीनजना, सर्लाहीका एकजनाको मृत्यु भइसकेकाे छ।