शुक्रबार, भदौ १२, २०८३

भारतीयलाई पीसीआर रिपोर्टबिना नेपाल प्रवेशमा रोक

गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गर्न लागेका भारतीय नागरिकलाई ७२ घण्टा यताको पीसीआर रिपोर्ट नभएको भन्दै फर्काइएको हो। 
 |  मंगलबार, वैशाख १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १४, २०७८

धनगढी - गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गर्न लागेका भारतीय नागरिकलाई उतै फर्काइएको छ। ७२ घण्टा यताको पीसीआर रिपोर्ट नभएको भन्दै उनीहरूलाई फर्काइएको हो। 

कोरोनाको दोस्रो लहरसँगै भारतमा अत्यधिक कोरोना संक्रमित बढेकाले पीसीआर रिपोर्ट नभएका भारतीय नागरिकलाई फर्काइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए। उनले अत्यावश्यक कामबाहेक नेपालीलाई सीमा नाका भएर भारत जानसमेत बन्देज लगाएको बताए।

कैलाली जिल्लासँग जोडिएको गौरीफन्टा नाका कञ्चनपुर जिल्लामा पर्छ। गौरीफन्टा र गड्डाचौकी नाका भएर दिनहुँ हजारौँको संख्यामा नेपाली र भारतीयहरू नेपाल प्रवेश गर्ने गरेका छन्। 

सो नाकाबारे बुझ्न सोमबार दिउँसो कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसँगै जिल्लाका सुरक्षा प्रमुख अनुगमनमा पुगेका थिए। 

नाकाबारे अनुगमन गरिरहेको समयमा दिउँसो ३ बजेतिर सो नाका भएर एउटा गाडीमा आएकामध्ये तीनजनाबाहेक अरू भारतीय नागरिक थिए। 

नेपाली नागरिकलाई सीमामा राखिएको हेल्थ डेस्कमा परीक्षणपछि नेपाल भित्रिन दिइयो भने भारतीय नागरिकलाई पीसीआर रिपोर्ट नभएको भन्दै भारततर्फ फर्काइएको थियो। 

पछिल्लो समय प्रदेशका दुई जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या अत्यधिक बढ्न थालेपछि कञ्चनपुर र कैलालीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मीको बैठकले जिल्लामा रातिको समयमा हिँड्डुलमा रोक लगाएको छ। 

बैठकले जिल्लामा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा रोक लगाएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए। ‘राति ८ बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा प्रतिबन्ध लगाउने सहमति भएको छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने, ‘यो रात्रिकालीन लकडाउन हो, निर्णय कार्यान्वयन नभए पूर्ण रूपमा लकडाउन हुन्छ।’

उनले आज मंगलबारदेखि कैलालीमा सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको बताए। 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने केही दिन प्रचारप्रसार गर्ने र १५ गतेदेखि जोरबिजोर सवारी सञ्चालन गर्न दिइने बताए। 

प्रकाशित: Apr 27, 2021| 01:10 मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।