काठमाडौं– कोरोना महामारीले आक्रान्त भारतलाई फेसबुकका संस्थापक मार्क जकरबर्गले १० मिलियन डलर मद्दतको घोषणा गरेका छन्।
फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘म भारतमा रहेका सबैको बारेमा सोचिरहेको छु र यो भाइरस चाँडोभन्दा चाँडो काबुमा आओस् भनेर कामना गरिरहेको छु। फेसबुकले युनिसेफसँग मिलेर काम गरिरहेको छ।’
केही सातायता भारतमा कोरोना संक्रमण र मृत्यु तीव्र रुपमा बढिरहेको छ।