आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गाईघाटका अटो चालकलाई ग्लोबल आइएमई बैंकको क्यूआर कोड वितरण

गाईघाटका अटो चालकलाई ग्लोबल आइएमई बैंकको क्यूआर कोड वितरण

कार्यक्रममा बोल्दै सापकोटाले क्यूआर कोडले छिटो, छरितो र सरल ढङ्गबाट नगद रहित कारोबार गर्नमा सहयोग गर्ने बताए। गाईघाट शाखाका प्रबन्धक रवीनराज दाहालले क्यूआर कोडले नगद बोक्नुपर्ने र बैंकमा समय बिताउनुपर्ने झन्झटबाट मुक्त हुने, कारोबारको सुरक्षामा पनि बढावा हुने र कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरणमा सहयोग हुने बताए।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

गाईघाट- ग्लोबल आइएमई बैंकको गाईघाट शाखाले सिटी सफारी यातायातका अटो रिक्सा चालकलाई क्यूआर कोड वितरण गरेको छ। बैंकको गाईघाट शाखा कार्यालय परिसरभित्र आयोजित एक कार्यक्रमबीच बैंकको प्रदेश १ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्सा चालकहरुलाई क्यूआर कोड वितरण गरेका हुन्। 

कार्यक्रममा बोल्दै सापकोटाले क्यूआर कोडले छिटो, छरितो र सरल ढङ्गबाट नगद रहित कारोबार गर्नमा सहयोग गर्ने बताए। गाईघाट शाखाका प्रबन्धक रवीनराज दाहालले क्यूआर कोडले नगद बोक्नुपर्ने र बैंकमा समय बिताउनुपर्ने झन्झटबाट मुक्त हुने, कारोबारको सुरक्षामा पनि बढावा हुने र कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरणमा सहयोग हुने बताए।

वित्तीय कारोबारमा सहजीकरण प्रदान गर्न त्रियुगा नगरपालिकाका १५० भन्दा बढी व्यवसायीलाई क्यूआर हस्तान्तरण गरिएको जानकारी बैंकले दिएको छ। 

देशका ७६ जिल्लामा २७३ शाखा, २४२ एटीएम, २५७ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ। 

प्रकाशित: Apr 26, 2021| 11:59 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्