आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिन्धुपाल्चोकबासीका लागि वैशाख २१ देखि मध्यभोटेकोशीको आइपीओ खुला

सिन्धुपाल्चोकबासीका लागि वैशाख २१ देखि मध्यभोटेकोशीको आइपीओ खुला

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ जारी गर्न लागेको हो। सो आयोजना सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन छ।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं‐ सिन्धुपाल्चोकबासीहरूका लागि मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले वैशाख २१ गतेबाट प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ जारी गर्न लागेको हो। सो आयोजना सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन छ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भइसकेको छ। कम्पनीले आयोजना प्रभावितलाई ६० लाख कित्ता सेयर जारी गर्न लागेको हो। सोमध्ये ३० प्रतिशत अर्थात् १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका-१ र ५, बाह्रबिसे नगरपालिका-५ र ६, ७ र ८ का स्थानीय बासिन्दाको लागि जारी गर्नेछ। 

बाँकी ७० प्रतिशत अर्थात् ४२ लाख कित्ता सेयर भने जिल्लाबासीका लागि जारी गर्न लागेको हो। सोमबार जारी गरिएको सूचना अनुसार स्थानीय बासिन्दाले न्यूनतम १० देखि अधिकतम ४ सय कित्ताका लागि आवेद दिन सक्नेछन्। 

कम्पनीले आइपीओको मूल्य प्रतिकित्ता १०० तोकेको छ। यसअघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि सेयर जारी गरी वितरण गरिसकेको छ। 

प्रकाशित: Apr 26, 2021| 10:15 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्