आइतबार, असोज ११, २०८३

नेपाल बैंकको नाफा २ अर्ब २६ करोड 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेपाल बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं- चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेपाल बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.५७ प्रतिशतले वृद्धि हो। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

बैंकको ब्याज आम्दानीमा आएको भारी वृद्धि र निष्क्रिय कर्जामा आएको सुधारसँगै बैंकको नाफा बढेको हो। 

बैंकले गत चैत मसान्तसम्ममा ब्याज आम्दानी ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ४७ करोड मात्र भएको थियो। 

त्यस्तै बैंकको निष्क्रिय कर्जा केही कम भएको छ। गत असार मसान्तमा २.६४ प्रतिशत रहेको निष्क्रिय कर्जा गत चैत्र मसान्तसम्ममा २.२९ प्रतिशतमा झरको छ। बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २७० रुपैयाँ रहेको बैंकले जनाएको छ।

प्रकाशित: Apr 26, 2021| 10:14 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्