आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वैशाखका दुई सातामा निक्षेपभन्दा कर्जा प्रवाह दोब्बर वृद्धि 

वैशाखका दुई सातामा निक्षेपभन्दा कर्जा प्रवाह दोब्बर वृद्धि 

वैशाख पहिलो हप्ता वाणिज्य बैंकहरूको निक्षेप १७ अर्ब रुपैयाँले घटेको थियो। तर सोही महिनाको दोस्रो हप्तामा भने निक्षेप ५ अर्ब रुपैयाँले मात्र कम भएको छ। कर्जा प्रवाह भने १७ अर्ब रुपैयाँले बढेको छ। 
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं‐ चालु आर्थिक वर्षको वैशाख महिनामा वाणिज्य बैंकहरूको निक्षेप संकलनभन्दा कर्जा प्रवाहको वृद्धिदर दोब्बर बढी देखिएको छ। वैशाख महिनाको दोस्रो हप्तामा निक्षेप ५ अर्ब रुपैयाँले मात्र बढेको छ भने कर्जा प्रवाह १० अर्ब रुपैयाँ बढी भएको नेपाल बैंकर्स एसोसिएसनले जानकारी दिएको छ। 

वैशाख पहिलो हप्ता वाणिज्य बैंकहरूको निक्षेप १७ अर्ब रुपैयाँले घटेको थियो। तर सोही महिनाको दोस्रो हप्तामा भने निक्षेप ५ अर्ब रुपैयाँले मात्र कम भएको छ। कर्जा प्रवाह भने १७ अर्ब रुपैयाँले बढेको छ। 

सातामा नै कर्जा प्रवाहको फ्लो बढेर निक्षेप संकलन कम भएको छ। पछिल्लो समयमा बैंकहरूको आधारदर कम हुँदै गएपछि कर्जामा लिइने ब्याज कम भएकाले कर्जाको माग धेरै आयो तर निक्षेपमा दिइने ब्याजमा बढोत्तरी नभएपनि निक्षेपमा वृद्धि नभएको नेपाल बैंकर्स संघको भनाइ छ। 

गत चैतमा मात्र १ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो भने १ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो। 

प्रकाशित: Apr 26, 2021| 10:07 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्