काठमाडौं– साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूक (नेप्से)मा ६५.५८ अंकको गिरावट आएको छ।
कारोबारको पहिलो दिन हिजो आइतबार पनि ७५।७९ अंकले घटेको नेप्से आज २५०६.६१ अंकमा ओर्लेर अडिएको छ।
आज २२० वटा कम्पनीको १ करोड २९ लाख ११ हजार ७२१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५९ करोडभन्दा बढीको कारोबार भएको छ।