शुक्रबार, भदौ १२, २०८३

उपत्यकामा एक साता निषेध आदेश लगाउन खाका तयार

काठमाडौं उपत्यकामा एक साता निषेध आदेश जारी गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले खाका तयार पारेका छन्। 
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं– काठमाडौं उपत्यकामा एक साता निषेध आदेश जारी गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले खाका तयार पारेका छन्। 

यही वैशाख १६ गते बिहीबार रातिदेखि २२ गते बुधबारसम्म निषेध आदेश लगाउने खाका तीन जिल्लाका प्रजिअको संयुक्त बैठकले तयार गरेको हो। 

‘एक साता निषेध आदेश जारी गर्ने मोटामोटी खाका तयार भएको छ। अझै छलफलमै छौं, आजै निर्णय हुन्छ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले नेपाल समयसँग भने। 

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा निषेध आदेश जारी हुन लागेको हो। यसका लागि आज बिहान तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेको थियो। त्यसपछि प्रजिअहरुले छुट्टाछुट्टै छलफल गरेका थिए। 
निषेध आदेश लागू भएपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन्। 

सार्वजनिक, निजी सवारीसाधन बन्द गरिनेछ। एम्बुलेन्स, शव वाहन, दमकल, कूटनीतिक नियोग, प्रेसलगायतका गाडी भने चल्न पाउनेछन्। अत्यावश्यक कामबाहेक हिँडडुलमा पनि कडाइ गरिने छ। खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिनेछ।

होटल तथा रेष्टुरेन्टले होम डेलिभरीमात्र गर्न पाउनेछन्। सरकारी कार्यालय खुलै रहनेछन्। बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्न पाइनेछ। कार्यालय खोल्दा स्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेछ। हवाई सेवा सुचारू नै रहनेछ।

प्रकाशित: Apr 26, 2021| 08:47 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।