शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भीम रावलको प्रश्न- ओली गुटलाई सरकारी निर्णय लाग्दैन र?

भीम रावलको प्रश्न- ओली गुटलाई सरकारी निर्णय लाग्दैन र?

 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं- एमाले नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा 'ओली गुटलाई सरकारी निर्णय लाग्दैन र' भन्दै प्रश्न उठाएका छन्।

सोमबार ट्विट गर्दै उनले कोरोनाबाट जोगिन अरूलाई भेला, बैठक, समारोह नगर्न भन्ने तर प्रधानमन्त्री ओली र उनका निकटस्थहरू भेला, बैठक, समारोह गरिरहेको भन्दै नेता रावलले ओली गुटप्रति व्यंग्यात्मक प्रश्न गरेका हुन्। 

'कोरोनाबाट जोगिन अरूलाई भेला, बैठक, समारोह नगर्न भन्ने तर प्रम ओली र उहाँका निकटस्थहरू भेला, बैठक, समारोह गरिरहने! यो के हो? प्रम ओली गुटलाई सरकारी निर्णय लाग्दैन र,' नेता रावलको प्रश्न छ, 'कि उहाँको गुट सरकारी निर्णय र कानुनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो? कानुनका सामु सबै बराबर होइन र?'

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नै दिनहुँ भीडभाड जम्मा गरी कार्यक्रम गर्दै आएका छन्।

प्रकाशित: Apr 26, 2021| 08:26 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।