काठमाडौं– गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा स्याङ्जा वालिङ–१२ का ५८ वर्षीय पुरुष, म्याग्दी रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिका–२५ का ९१ वर्षीय पुरुष र पोखरा–१ की ५५ वर्षीया महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जनाएका छन्।
सबै संक्रमितको उपचारका क्रममा निधन भएको हो। योसमेत गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१५ पुगेको छ।