शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संयुक्त बैठकपछि आन्तरिक छलफलमा उपत्यकाका सीडीओ, बिहीबारदेखि निषेध आदेशको तयारी

संयुक्त बैठकपछि आन्तरिक छलफलमा उपत्यकाका सीडीओ, बिहीबारदेखि निषेध आदेशको तयारी

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा निषेध आदेश लगाउन प्रस्ताव गरिएको छ।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं– कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा निषेध आदेश लगाउन प्रस्ताव गरिएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बिहान बसेको संयुक्त बैठकमा निषेध आदेश जारी गर्ने छलफल भएको थियो। संयुक्त बैठकपछि अहिले उनीहरु छुट्टाछुट्टै छलफलमा छन्।

भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले छलफल चलिरहेको र आजै केही निर्णय आउने बताए। संयुक्त बैठकले यही वैशाख १६ (बिहीबार) देखि निषेध आदेश लगाउने विषयमा टुंगो लगाएको बताइएको छ।

‘संक्रमणको दर बढेको देखियो, मानिसहरुमा समेत त्रास बढ्दै गएको स्थिति बन्यो। भाइरस रोकथामका लागि निषेध आदेश वा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नेबारे छलफल भइरहेको छ,’ काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले भने।

देशभर कोरोना संक्रमण बढिरहेका बेला आज साँझ मन्त्रिपरिषद् बैठक पनि बस्दैछ। बैठकले लकडाउन, निषेध आदेश वा अन्य कदमबारे निर्णय गर्ने अपेक्षा गरिएको छ। 

आइतबारसम्मको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लासहित मुलुकका ९ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा माथि छ। 

सीसीएमसीले सहरी क्षेत्रका जिल्लामा ५०० र ग्रामीण जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित पुगे लकडाउन गर्न सिफारिस गरेको छ। ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु काठमाडौं, बाँके, ललितपुर, रुपन्देही, पर्सा, भक्तपुर, कास्की, मोरङ, दाङ हुन्। 

प्रकाशित: Apr 26, 2021| 07:18 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।