आइतबार, असोज ११, २०८३

राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब २७ करोड

राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ३ करोड नाफा आर्जन गरेको थियो। 
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं‐ राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ३ करोड नाफा आर्जन गरेको थियो। 

बैंकले तेस्रो त्रैमास (माघ, फागुन र चैत) मा मात्र एक अर्ब ५२ करोड रुपैयाँ खुद नाफा गरेको छ, जुन गत वर्षको सोही अवधिको भन्दा ४५ प्रतिशत बढी हो। 

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ८२ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकको कर्मचारी खर्च घटेपछि सञ्चालन मुनाफा बढ्न टेवा पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ४ करोड ३३ लाख रुपैयाँ छ।

बैंकको चुक्तापुँजी २ प्रतिशतले बढेर ९ अर्ब १८ करोड रुपैयाँ छ। गत वर्षको सोही अवधिमा बैंकको चुक्तापुँजी ९ अर्ब रुपैयाँ थियो। कर्जा लगानी बढे पनि बैंकको निष्क्रिय कर्जा भने घटेको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४.६४ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ३.६२ प्रतिशतमा सीमित भएको बैंकद्धारा जारी वित्तीय विवरणमा उल्लेख छ।
 

प्रकाशित: Apr 26, 2021| 07:05 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्